Monday, June 29, 2026

बाराको जितपुर सिमरा २३ का वडा अध्यक्ष अंसारी पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २३ का वडा अध्यक्ष मुस्तकिम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।

सोलार प्लान्टको विवादको विषयमा तालाबन्दी गर्न गएका वडा अध्यक्ष अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गरेको र विवादलाई सुल्झाउनु भन्दा विवाद झन् बढाएको भन्दै उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमरा की कार्यालय प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सुभद्रा लामा वाईबाले जानकारी दिनुभयो।

यद्यपि उनलाई अब त्यसो नगर्ने भन्ने सर्तमा केही घन्टा थुनामा राखेर माननियहरुको सिफारिसमा छोडिएको थियो।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर