Thursday, September 10, 2026

भोलीदेखि एसईई परीक्षा शुरु हुदैं, बारा र पर्सामा परीक्षाको सम्पुर्ण तयारी पूरा

Advertisement
Advertisement Advertisement

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) भोली बिहीबारदेखि शुरु हुदैं छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टाको हुने छ।

मधेस प्रदेशबाट यस वर्ष ८८ हजार ८ सय ५८ जना परीक्षार्थी एसईई परीक्षा दिँदै छन्। यदपी यस वर्षको एसईई परीक्षामा मधेस प्रदेश सरकार भने अलग भएको छ।

यस वर्षको एसईई परीक्षाबाराबाट ९ हजार ६ सय ८६ जना र पर्साबाट १२ हजार ६ सय ३७ जना परीक्षार्थी सहभागी हुदै छन्। एसईईलाई मर्यादित, र शान्तिपूर्ण रुपमा संचालन गर्न जिल्लामा तयारी अन्तिम चरणमा पुगिसकेको छ।

बारामा एकसय ५२ विद्यालयबाट सहभागी हुने परीक्षार्थीहरुको लागि ४२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। प्रत्येक परीक्षा केन्द्रमा एक-एक जना केन्द्राध्यक्ष गरी ४२ जना, ४८ जना सहायक केन्द्राध्यक्ष, ४ सय ८२ जना निरिक्षक, ८१ जना परीक्षा सहायक, एकसय ८४ जना कार्यालय सहयोगी र ६ सय ३० जना प्रहरी परिचालन गरिएको छ।

यस्तै पर्सा जिल्लाबाट यस वर्ष परीक्षामा एकसय ४८ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् भने उक्त परीक्षाको लागि २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस्तै परीक्षालाई व्यवस्थित बनाउन २९ जना केन्द्राध्यक्ष, ६९ जना सहायक केन्द्राध्यक्ष, ६ सय २९ जना निरिक्षक, एकसय १४ जना परीक्षा सहायक दुईसय ४० जना कार्यालय सहयोगी र ४ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ।

परीक्षा संचालनको लागि आवश्यक सामग्री, उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धीत स्थानमा पुगिसकेको छ। शिक्षा विकास तथा समन्वय इकाईहरुले परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, जनप्रतिनिधि, अभिभावक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, नागरिक समाज, सुरक्षाकर्मी र संचारकर्मी लगायत जन समुदायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर