31.7 C
Kalaiya

Tuesday, April 29, 2025
31.7 C
Kalaiya
Tuesday, April 29, 2025

spot_img

बारामा एक सय तिन किलो गाँजासहित ट्रक पक्राउ

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया,०७ चैत । बारामा सशस्त्र प्रहरीले पचरौताबाट बुधबार राति ट्रकमा लोड गरिएको १ सय ३ किलो गाँजा बरामद गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ना ८ ख ९०२७ नम्बरको १२ चक्के ट्रकमा लोड गरि रामनगर देखि कोतवाली तर्फ जादै गरेको अवस्थामा पचरौता नगरपालिका वडा नम्बर ३ राम नगर टोलबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बीओपी बेनौलीका सप्रनानि बिश्वराज कुँवरले जानकारी दिएका छन् ।

Advertisement

उनका अनुसार १० वटा पोकामा चालक बस्ने सीटको तल र माथिको हुडमा लुकाई राखेको अवस्थामा गाँजा बरामद भएको छ । पचरौताको रामनगरबाट लागूऔषध ट्रकमा गइरहेको सूचना आएपछि बीओपी बेनौलीका सप्रनानि कुँवर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो ।

Advertisement

अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको सप्रनानि कुँवरले बताए । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर