Wednesday, September 16, 2026

बाराको बिश्रामपुरकी एक छात्रा मृत फेला

Advertisement
Advertisement

कलैया, १४ चैत। रौतहटमा एकजना बाराली छात्रा मृत फेला परेकी छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नं १ जयनगरमा अवस्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत बाराकी एक छात्रा होस्टलमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

मृत फेला पर्नेमा बाराको विश्रामपुर गाँउपालिका वडा नं ५ ईटियाही निवासी बैठाको छोरी १८ वर्षिय सुमन कुमारी बैठा रहेकी छन्। उनी आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी रौतहट प्रहरीले जनाएको छ।

छात्राले आत्महत्या गरेकी हुन् की हत्या गरिएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर