26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

आगलागीबाट ७ वटा घर जलेर नष्ट, १३ लाखभन्दा बढीको क्षति

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

रौतहट, १५ चैत। रौतहटको गरुडा नगरपालिका गरुडाको तरकारी बजारमा शुक्रबार विहान ७ वटा घरमा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

जिल्लाको गरुडा नगरपालिका वडा नम्वर ४ तरकारी बजारमा शुक्रबार विहान ९.४० बजेको समयमा खाना पकाउने क्रममा सल्किएको आगो खरले छाएको छानाको घरमा संचालन भएका पसलमा आगोबाट ७ वटा घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १३ लाख २० हजार बराबरको सम्पती क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आगलागीमा गरुडा -८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा २ लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरुडा नगरपालिका ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख गरी १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

आगालागी हुने बितिकै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएका प्रहरी टोली र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण भएको थियो।

एक पसल भित्र रहेका ग्यास सिलिण्डर पड्केर आगो नियन्त्रणमा भन्दा बाहिर गएपछि गौर नगरपालिकाबाट आएको बारुण यन्त्रको सहयोगले नियन्त्रण गरिएको डिएसपी रायले बताए ।

करिब एक घण्टामा आगो माथि पूर्ण रुपमा नियन्त्रणमा सफल भएको जानकारी दिदै डिएसपी रायले आगलागि भएको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर