32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

जीतपुरसिमरा उपमहानगरले निजि बिद्यालयसँग माग्यो बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

जीतपुर ०२ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ ।

गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको छ ।

 

साथै उपमहानगरपालिकाले एक तहमा अध्ययनरत बिद्यार्थी अर्को तहमा सोहि बिद्यालयमा जाँदा भर्ना शुल्क नलिन नगर प्रमुख राजन पौडेलले अनुरोध गरेका छन् । उहाँले नियम अनुसार छात्रबृत्री प्रदान गर्न बिद्यालयहरुलाई अवगत गराउँनुभएको छ ।

अन्य बिद्यालयबाट आएका बिद्यार्थीहरुलाई प्रमाण पत्रको अधारमा भर्ना लिन र अनुमती प्राप्त कक्षा सम्ममा मात्र भर्ना लिन जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर