30 C
Kalaiya

Wednesday, July 2, 2025
30 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

एकै व्यक्तिले गरे ४ हजार इसेवा ह्याक, चोरे एक करोड

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, ०३ वैशाख । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्।

Advertisement
Advertisement

ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ गरेको छ। उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए।

Advertisement
Advertisement

चोरी गरेको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेको जिसीले बताए। ‘यो उनले अहिलेको एक साताको अवधिमा गरेको चोरी हो,’ जिसीले भने।
इसेवाले अन्य धेरै अकाउन्ट ह्याक गरेको जनाएको जिसीले बताए। ‘हामीले अप्रिलको एक साताको स्टेटमेन्ट निकाल्दा उक्त बराबरको रकम चोरी गरेको पाइयो,’ उनले भने।

बुढाले ती चार हजार व्यक्तिलाई एसएएमएस पठाए। उक्त म्यासेज ‘द अलर्ट’, ‘एटी अलर्ट’ नामका थिए। ती ठगीका लिंक थिए।
बुढाले म्यासेजमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै ‘भेरिफाई गर्न लिंक खोल्न भनेका थिए। ती व्यक्तिहरूले लिंक खोलेपछि बुढाले उनीहरूको इसेवामा सहजै पहुँच पुर्‍याएर रकम चोरीको जिसीको भनाइ छ। यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए। बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर