Friday, July 24, 2026

आफु पत्रकार हु भनी धाकधम्की दिइ अभद्र व्यवहार गर्ने सरार्फ पक्राउ

कलैया,०५ वैशाक । आफुलाई पत्रकार भनी धाकधम्की दिने अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पर्सा वीरगंज महानगरपालिका वडा नं.१० घडिअर्वा घर भई वडा नं.१६ नवगा टोल बस्ने आफुलाई पत्रकार भन्ने अन्दाजी ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरेको हो।

बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचना जिल्ला प्रहरी कार्यालयमा आएको थियो।

यसपछि प्रहरीले धाक धम्की देखाई रकम असुल गर्ने व्यक्तिलाई बिभिन्न माध्यबाट खोज तलास गरिरहेको थियो । प्रहरीले प्रसौनी गाउँपालिका वडा नं.३ प्रसौनी गण्डक चोकबाट सर्राफलाई प्रहरीले पक्राउ गरेको हो।

सर्राफमाथि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर