Saturday, September 26, 2026

विवाह भाँडेको अभियोगमा बेहुला पक्षलाई कैद, जरिवानाको साथै दाइजोमा लिएको रकम फिर्ता गर्न आदेश

Advertisement
Advertisement

कलैया, १० बैशाख । पर्सा जिल्ला अदालतले विवाह भाँडेको अभियोगमा बेहुला पक्षलाई कैद, जरिवानाको साथै दाइजोमा लिएको रकम फिर्ता गर्न आदेश दिएको छ।

 

२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४ स्थित रमिताकुमारी साहको विवाह समारोहमा बेहुला उमेश साह र उनका आफन्तहरूले विवाह मण्डपमै सुनको सिक्री माग गर्दै झगडा गरेपछि विवाह नै रोकिएको थियो।

पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बेहुला पक्षकाृ हकमा यस्तो आदेश दिएको हो। अदालतले कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय उमेश साह, उनका बुवा बच्चालाल साह, दाजु राकेश साह, मुकेश साह र भिनाजु रामएकबाल साहको हकमा यस्तो आदेश दिइएको हो।

 

वाह सम्बन्धी कसूर अन्तर्गत दोषी ठहर गर्दै प्रत्येकलाई ६–६ महिनाको कैद सजाय, जनही ५ हजार रुपैयाँ जरिवानाको सजाय दिइएको छ। साथै दाइजो स्वरूप लिएको ५ लाख ६५ हजार रुपैयाँ पीडित पक्षलाई फिर्ता गर्न आदेश दिएको हो ।

२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित बेहुलीको घरमा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए । विवादले उग्र रूप लिएपछि बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।

घटनाको भोलिपल्ट, २०७९ फागुन २९ गते बेहुली पक्षले पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। यसपछि उनीहरूमाथि “विवाह सम्बन्धी कसूर“ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । केही दिनपछि अदालतले धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर