Saturday, September 26, 2026

करैयामाई गाउँपालिकामा आज सामूहिक विवाह कार्यक्रम हुदै

Advertisement
Advertisement

कलैया,११ वैशाख : बाराको करैयामाई गाउँपालिकाले बैशाख ११ गते बिहीबार आयोजना गर्ने सामूहिक विवाह कार्यक्रमका लागि चार जनाले आवेदन दर्ता गराएकोमा दुई जना मात्र सहभागि हुने भएका छन्।

करैयामाई गाउँपालिका वडा नम्बर १ हरैयाका सोकिल राय भाटका २० वर्षीया छोरी आसमी खातुन,वडा नम्बर –४ का ग्यासुदीन अन्सारीका छोरी हसबुन खातुन, ४ कै मोहरम मियाँका छोरी नजरुण खातुन,वडा नम्बर –५ ढोरियाका सुखल हजराको २४ वर्षीया छोरी कुसुम कुमारी पासवानले सामूहिक विवाहका लागि आवेदन दर्ता गराएको प्रशासन शाखा प्रमुख घनश्याम चौधरीले जानकारी दिएका छन्।

जस मध्ये वडा नम्बर –४ की हसबुन खातुन,४ कै नजरुण खातुनका अभिभावकले सामूहिक विवाहमा सहभागी नहुने जानकारी गराएको चौधरीले बताए।

पालिकाभित्रका असहाय/गरिब/दलित समुदायको बेहुलीका लागि गाउँपालिकाको कार्यालयले स्थानीय राजदेबी माई मन्दिरमा सामूहिक विवाह कार्यक्रमको आयोजना गर्न लागेको हो।

गाउँपालिकाले मिति २०८१ फागुन १२ गते उक्त कार्यक्रमको लागि ईच्छुक व्यक्ति÷अभिभावकले गाउँपालिकाको प्रशासन शाखामा निवेदन पेश गर्न अनुरोध गरेको थियो।

करैयामाई गाउँपालिकाको १५ औ गाउँ सभाबाट स्वीकृत कार्यक्रम तथा मिति २०८१/१०/१५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार पालिकाले सामूहिक विवाह कार्यक्रम आयोजना गर्न लागिएको हो। हरेक विवाह गर्ने जोडीलाई विवाह सम्पन्न गरिने छ।

बेहुला÷बेहुलीको कपडा तथा अन्य समाग्रीहरुको ब्यवस्था गाउँपालिकाले गर्ने उनले बताए । विवाह कार्यक्रमका क्रममा सम्पूर्ण ब्यवस्थापन गाउँपालिकाले गर्ने छ।

विवाह कार्यक्रममा बेहुला/बेहुलीको तर्फ बाट बढीमा २०–२० जना मात्र सहभागि हुनुपर्ने छ।विवाह हुने बेहुला÷बेहुली मध्ये बेहुली अनिवार्य रुपमा गाउँपालिकाको बासिन्दा हुनुपर्ने छ ।विवाह हुने बेहुला/बेहुलीको उमेर हद २० बर्ष पुगेको हुनुपर्ने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर