कलैया, ११ बैशाख। बाराका २ जनालाई ठुलो मात्रामा अबैध लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीको टोलीले बाराको सिम्रौनगढबाट हेटौडा जादै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअपमा गाडी अगाडीको ईन्जिनि भएको भागमा लुकाई छिपाई लैजादै गरेको ट्रमाडोल हाईड्रो क्लोराइड क्याप्सुल ५ हजार ७ सय ५० पत्तामा ५७ हजार ५ सय क्याप्सुल सहित २ जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चालक पचरौता नगरपालिका वडा नं. ७ बेनौली बस्ने २५ वर्षिय तिर्थलाल पासवान र सह-चालक त्यहीका २३ वर्षिय सुनिल पटेल रहेका छन्। पक्राउ गरिएको लागुऔषधको प्रति पत्ताको बजार मुल्य ७२ रुपैयाँ पर्छ त्यस अनुसार ५७५० पत्ताको ४ लाख १४ हजारको लागुऔषध पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए।
पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।