Tuesday, June 9, 2026

जीउ मास्ने बेच्ने कार्य गर्ने फरार प्रतिवादी २० वर्षपछि पक्राउ 

spot_img

कलैया, २२ मंसिर। जीउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १९ बस्ने ४५ वर्षिय सुरेश प्रसाद कलवार रहेका छन्।

युवतीलाई ललाइ फकाइ जीउ मास्ने बेच्ने कार्य गरेको आरोपमा २०६२ साल चैत १७ गते साविक विन्दवासिनी गाविस वडा नं ६ बस्ने बृजेश प्रसाद कलवारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुरेश प्रसाद कलवार वारदात पश्चात फरार भएका थिए।

फरार भएको २० वर्षपछि हिजो आईतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगन्ज महानगरपालिका वडा नं ९ स्थित सडकखण्ड बाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर