35.2 C
Kalaiya

Tuesday, June 24, 2025
35.2 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

पर्सामा जमेको पानीमा डुबेर २ जना बालिकाको मृत्यु 

spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, १५ बैशाख। पर्साको पर्सागढी नगरपालिकामा पानीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ।

Advertisement
Advertisement

जिल्लाको पर्सागढी नगरपालिका वडा नं ५ मा रहेको चिम्नी (इटा भट्टी) को खाल्डोमा जमेको पानीमा डुबेर आज २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

Advertisement

मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं ५ का रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसाना खातुन रहेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

नेहा र अफसाना दुवै जना बिहान बाख्रा चराउन निस्केका थिए । खेल्ने क्रममा उनीहरू खाल्डोमा जमेको पानीमा डुबेको हुन सक्ने प्रहरीको आशंका छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर