Thursday, September 3, 2026

पर्साका ३ जना सहित २१ जना झण्डै १८ अर्बको अबैध विधुतीय कारोबार गर्ने पक्राउ

Advertisement
Advertisement Advertisement

काठमाडौं, १६ बैशाख। आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण वापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा भन्सार चोरी पैठारी, सुनको अवैध कारोवार र कर छली लगायतमा संलग्न पर्साका ३ जना सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको प्रदिप कुमार साह, बिकर्णजंग राणा र सालमा खातुन रहेका छन्। उनीहरुले सजिलो पे र पेवेल नेपाल प्रालिको नाममा डिजिटल वालेटको नाममा रहेको कम्पनीहरुको नाममा नेपालमा रहेका बैंकहरुमा जम्मा गरी अबैध रुपमा रेमिट्यान्स बापतको रकम मिलान गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेका पर्साका ३ जना सहित २१ जनालाई झण्डै १८ अर्बको कारोबार गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार एकसय सात रुपैयाँको अबैध कारोबारको गरेको खुलेको छ।

पक्राउ परेका पर्सेली साहले आर एण्ड आर सब रेमिट प्रालिको नाममा एक अर्ब एक करोड १५ लाख ९१ हजार ९२० रुपैयाँ, राणाले सस्विका मनी ट्रान्सफरको नाममा ८६ करोड ६४ लाख ५६ हजार ४०७ रुपैयाँ र खातुनले खुशी मनी ट्रान्सफरको नाममा ७५ करोड ५५ लाख २६ हजार ३५८ रुपैयाँ बराबरको अबैध कारोबार गरेको नेपाल प्रहरीले जनाएको छ।

पक्राउ परेका २१ जनामाथि नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कसुरमा थप अनुसन्धान भैरहेको छ।

पक्राउ परेकाहरुको विवरण 

   

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर