Friday, July 24, 2026

मजदुर दिवसको अवसरमा कलैयामा ३२ जनाले गरे रक्तदान

कलैया, १८ बैशाख। कलैया सिटि जेसिजको आयोजनामा
कलैयामा ३२ जनाले बिहीबार  रक्तदान गरेका छन्। बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर १ मा रहेको भरत चौकमा मजदुर दिवसको उपलक्ष्यमा सो कार्यक्रम गरिएको हो। “रक्तदान गरौं, जीवनदान गरौं“ भन्ने मूल नाराका साथ उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमका सहयोगी श्री राजदेवीमाई ज्वेलर्स रहेको थियोे । सो रक्तदान कार्यक्रममा ३२ जना पुरुषले रतmदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका प्राविधिक मनिषकुमार गुप्ताले जानकारी दिएका छन्। सो रक्तदान कार्यक्रममा कलैया सिटी जेसीज २०२५ का कार्यकारणी उपाध्यक्ष संजय कुशवाहा, २०२५ का उपाध्यक्ष सन्दिप प्रसाद यादव र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरिओम साह लगायतले रक्तदान गरेका छन्।

कलैया सिटी जेसीज २०२५ का अध्यक्ष ओमप्रकाश कुमार सरार्फको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव रहेका हुन्। उनले रक्त संकलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा २०२३ का अध्यक्ष सुभाष जैसवाल,२०२४ का कार्य कारणी उपाध्यक्ष गणेश शर्मा,आकाश गुप्ता,२०२५ का कार्य कारणी उपाध्यक्ष धर्मेन्द्र प्रसाद यादव,उपाध्यक्ष अरबिन्द साह,महासचिव श्याम बिहारी केशरी,कोषाध्यक्ष आदिल अन्सारी,कानुनी सल्लाहकार सन्दिप कुमार साह तथा जेसिजका बोर्डका सदस्यहरु,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर