Saturday, September 26, 2026

गत आर्थिक बर्ष २०८०/०८१ मा बाराबाट १३ हजार ४२२ जनाले लिए श्रम स्वीकृति

Advertisement
Advertisement

कलैया, २० वैशाख । गत आर्थिक बर्ष २०८०/०८१ मा बाराबाट १३ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन । जसमा ८८३ जना महिला रहेकी छन ।

त्यस्तै मधेश प्रदेशबाट एक लाख ७२ हजार ८६१ जनाले बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृती लिएका छन ।

श्रम स्वीकृति लिएका मध्ये तीन हजार आठ सय ९९ जना महिला रहेकी छन। दलित जनजाती उत्थान केन्द्र बाराको आयोजनामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्र्तगत बाराको कलैया स्थित दास गेष्ट हाउसमा शुक्रबार आयोजित सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरु संगको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा सहजीकरण गर्दे सामी परियोजनाका कार्यक्रम सयोजक सरोज सिंहले गत आर्थिक बर्षमा धनुषा बाट ३९ हजार एक सय सात जनाले श्रम स्वीकृति लिएको बताए । जसमा ३०६ जना महिला रहेकी छन । भने महोत्तरी बाट २७ हजार ३५० जनाले श्रम स्वीकृति लिएका छन । जसमा ३४१ जना महिला रहेकी छन ।

यसैगरी रौतहट बाट १३ हजार २१४ जनाले श्रम स्वीकृति लिएका छन । जसमा ४७८ जना महिला रहेकी छन । सर्लाही बाट २१ हजार २४३ जनाले श्रम स्वीकृति लिएका छन ।

जसमा एक हजार एक सय ५५ जना महिला रहेकी छन । सिरहाबाट तीस हजार ९ सय ३० जनाले श्रम स्वीकृति लिएका छन । जसमा २०५ जना महिला रहेकी छन ।

सप्तरीबाट २० हजार ४६० जनाले श्रम स्वीकृति लिएका छन । जसमा २२९ जना महिला रहेकी छन । पर्सा बाट ७ हजार एक सय ३५ जनाले श्रम स्वीकृति लिएका छन । जसमा ३०२ जना महिला छन ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन रामबाबु सिंहको रहेको थियो । उक्त कार्यक्रममा झण्डै २५ सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर