Saturday, September 26, 2026

बारामा योग शिविर सम्पन्न, योग जागरणमार्फत सुस्वास्थ्यको सन्देश

Advertisement
Advertisement

कलैया, २० बैशाख। अन्तर्राष्ट्रिय योग दिवसको पचास दिन पूर्व सन्दर्भमा बाराको महागढीमाई नगरपालिकामा एक विशेष योग शिविर सम्पन्न भएको छ। बिरगंजस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा तथा महागढीमाई नगरपालिका र पतञ्जलि समिति बाराको सहकार्यमा सम्पन्न उक्त शिविर योग जागरण र नागरिक सुस्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

शिविरमा सहभागीहरूलाई योगका विभिन्न आसन, प्राणायाम, ध्यान र जीवनशैली परिवर्तनका उपायहरूको अभ्यास गराइएको थियो। प्रशिक्षकहरूले योगमार्फत तन, मन र आत्माको सन्तुलन कसरी कायम राख्ने भन्नेबारे जानकारी दिँदै दैनिक जीवनमा योगको महत्व माथि प्रकाश पारिएको थियो।

महागढीमाई नगरपालिकाका प्रतिनिधिहरूले स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको बताउँदै नेपाल-भारत सम्बन्धलाई जनस्तरसम्म सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको हो।

योग शिविरले न केवल शारीरिक र मानसिक स्वास्थ्यमा टेवा पुर्‍याएको छ, तर दुवै देशका नागरिकबीच मित्रता र सहयोग स्प्रिटलाई समेत प्रगाढ बनाएको सहभागीहरूको धारणा प्रस्तुत भएको छ।

शिविरमा भारतीय महावाणिज्य दूतावासका पदाधिकारीहरू, महागढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, पतञ्जलि योग समिति बाराका प्रशिक्षकहरू, स्थानीय समाजसेवी, राजनीतिज्ञ, महिला तथा पुरुष सहभागी, पत्रकारहरू र स्वास्थ्यप्रति जागरूक व्यक्तिहरूको सहभागिता थियो।

तस्वीरहरु।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर