Wednesday, September 9, 2026

“मधेश प्रदेशमा ८ जिल्ला मध्ये सबै भन्दा सक्रिय र उत्कृष्ट यो जिल्ला हो” सह-महामन्त्री यादव

Advertisement
Advertisement Advertisement

मलंगवा, २० बैशाख। मधेश प्रदेशमा जम्मा ८ जिल्ला मध्ये नेपाली कांग्रेसको सबैभन्दा बढी बलियो जन आधार भएको जिल्ला सर्लाही भएको नेपाली कांग्रेसका सह -महामन्त्री महेन्द्र यादवले दाबी गरेका छन्। सर्लाही जिल्लाको सभापति सुरेन्द्र प्रसाद सिंहलाई सह -महामन्त्री यादवले खुलेर प्रसंशा गर्दै मधेश प्रदेशमा सब भन्दा बढी काम जनता माझ काम गरिरहेको बताएका हुन् ।

नव वर्ष २०८२ सालको शुभ अवसरमा शुभकामा भेटघाट तथा नवगठित विभागीय प्रमुखहरू र सदस्यहरूको पदस्थापन कार्यक्रमको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।

सर्लाहीको मलगवा स्थित कुसुम पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रमको सभापति नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह सभापति भएको कार्यक्रममा मधेस प्रदेशका उपसभापति तथा पूर्व मन्त्री प्रदेश सांसद विरेन्द्र प्रसाद सिंह उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापती कौशल किशोर सिंह, पूर्व जिल्ला सभापति नागेन्द्र राय लगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहेको नेपाली कांग्रेसका सर्लाही जिल्ला सचिव निरज कार्कीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर