Saturday, September 26, 2026

बाल सुधार गृहमा लायन्स क्लबद्वारा १८ थान पंखा सहयोग

Advertisement
Advertisement

वीरगन्ज, २३ बैशाख। पर्साको बिरगन्ज स्थित बाल सुधार गृहमा विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा १८ थान पंखा सहयोग गरिजको छ। यस सहयोगले बाल सुधार गृहमा रहेका बालकहरूको बसोबास र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

सहयोग गर्ने लायन्स क्लबहरू लायन्स क्लब अफ सेन्ट्रलले २ थान, लायन्स क्लब अफ परिवारले १ थान, लायन्स क्लब अफ वीरगन्जले १ थान, लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीले २ थान, लायन्स क्लब अफ वीरगन्ज प्रभुले २ थान, लायन्स क्लब अफ मिलेनियम एमजेएफले १० थान, लायन हरि नारायण काबराले ३ थान, लायन श्रीराम गिरीले ३ थान, लायन वीरेन्द्र शाहले १ थान, लायन जसपाल टिब्रेवालले १ थान, लायन पी.बी. शाहले १ थान, लायन डी.एन. अग्रवालले १ थान गरि जम्मा १८ थान पंखा सहयोग गरेका थिए।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको प्रमुख आतिथ्यमा एवं विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रा, शस्त्र प्रहरी कार्यालय पर्साका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतान, समाजसेवी मुर्लीधर रुङटा, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला शाहको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर