Sunday, July 19, 2026

९३ हजार नक्कली नेपाली नोट सहित एकजना पक्राउ 

हेटौडा, २५ बैशाख। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९३ हजार नक्कली नेपाली नोट सहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाँउपालिका वडा नं २ घर भई हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ८ बस्ने ४२ वर्षिय राम कृष्ण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा बर्दिबासबाट हेटौंडातर्फ आउदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ५०० दरको १८६ थान (९३ हजार) नक्कली नेपाली नोट फेला परेको थियो।

प्रहरीलाई शंका लागेर रितपूर्वक शरीर तथा मोटरसाइकल खानतलासी गर्ने क्रममा अधिकारीले बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्था उक्त नक्कली नेपाली नोट बरामद गरिएको प्रवक्ता अर्यालले बताए।

पक्राउ परेका अधिकारीलाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर