Sunday, July 19, 2026

परीक्षा केन्द्रमा मोबाइल लिएर गएका विद्यार्थीहरुको परीक्षा रद्ध, केन्द्राध्यक्ष पनि निस्कासित

काठमाडौं, २६ बैशाख। चलिरहेको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौँको साइपल एकेडेमी माविमा मर्यादा विपरित कार्य गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निस्कासित गरेको छ।

यस्तै केही परीक्षा केन्द्रमा इलेक्ट्रोनिक्स डिभाइसहरु मोबाइल, स्मार्टवाच लगायतका निषेधित सामग्रीहरु लिएर गएका विद्यार्थीहरुको सबै इलेक्ट्रोनिक्स डिभाइस जफत गरिएको छ भने सम्बन्धित परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ।

यसअघि नै राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस नलैजान र सुचनाको अवज्ञा गरे सम्पुर्ण परीक्षा रद्ध गरिने अभिभावक, शिक्षक, विद्यार्थी एवम् सरोकारवालासँग अनुरोध गरेको थियो।

काठमाडौंको साइपल एकेडेमीबाट निस्कासित भएका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको ठाउँमा नयाँ केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर