Sunday, July 19, 2026

कानुन दिवस: अदालतले व्यक्तिको हैन, विधिको शासन हुनुपर्नेमा जोड

वीरगन्ज, २६ बैशाख। पर्सा जिल्ला अदालतले कानुन दिवसको अवसरमा एक कार्यक्रमका वीच न्यायकी देवीको नयाँ मूर्ति अनावरण गरेको छ। प्रमुख जिल्ला न्यायाधीश दिपक खनालले नव निर्मित मुर्तिको अनावरण गरेका हुन्।

कानुन दिवसको अवसरमा विशेष शुभकामना सन्देश जारी गरेको छ। उक्त सन्देशमा कानुन दिवस मनाउने परम्परा २०६९ सालदेखि हरेक वर्ष वैशाख २६ गतेको शुभ अवसरमा मनाइँदै आएको उल्लेख छ।

कानुन दिवसको महत्त्व उजागर गर्दै अदालतले व्यक्तिको हैन, विधिको शासन हुनुपर्नेमा जोड दिएको छ। कानुन सम्बन्धी सबैका लागि समानता, गरिब र निमुखाका लागि न्यायमा सहज पहुँच, पारदर्शिता र स्वच्छ न्याय प्रणालीको आवश्यकता उल्लेख गरिएको छ।

स्वतन्त्र न्यायपालिकाको महत्वलाई स्मरण गर्दै अदालतले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको स्थापना गरी न्याय सम्पादनमा सहज पहुँच पुर्याउनुपर्नेमा विशेष जोड दिएको छ। साथै, अदालतले न्यायिक निकायले गरेको निर्णय कार्यान्वयनमा सबै सम्बन्धित पक्षको सहयोग आवश्यक रहेको पनि बताएको छ।

अदालतले कानुनी शासन, समानता तथा न्याय र लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धनका लागि आ-आफ्नो स्थानबाट योगदान गर्न सम्पूर्ण नागरिक, समाज र कानुनी व्यवसायीलाई आह्वान गरेको छ।

कानुन दिवसको अवसरमा अदालतले समाजमा न्याय, समानता र विधिको शासनलाई स्थापित गर्न सक्ने क्षमता अभिवृद्धिको शुभकामना व्यक्त गरेको छ।

उक्त कार्यक्रममा पर्सा जिल्ला अदालतका न्यायाधीश, अदालतका कर्मचारी, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेल, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, मालपोत कार्यालयका हाकिम, जेलर, प्रहरी तथा कानुनका विधार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले शुभकामना संदेश व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर