Wednesday, July 22, 2026

गल्तीले पनि नेपाल भारत बोर्डरमा नजान चिनियाँ दुतावासको आफ्नो नागरिकलाई सुझाव

काठमाडौं, २७ बैशाख। नेपालस्थित चिनियाँ दूतावासले नेपाल-भारत बोर्डरमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ। पर्साको वीरगन्ज नाका हुँदै रक्सौल छिरेका ४ जना चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासले सुझाव जारी गरेको हो। सुझावमा नेपाल-भारत बोर्डर क्षेत्रमा नजान दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो।

बिहीबार वीरगन्जबाट भारत छिरेका ४ चिनियाँ नागरिक पक्राउ गरेको समाचार प्रकाशित भएको थियो। त्यपछी दुतावासले भारत-पाकिस्तान तनावका कारण नेपाल-भारत सीमामा सुरक्षा जाँच कडा बनाइएकाले गल्तीले पनि त्यस क्षेत्रमा नजान आग्रह गरेको हो।

सीमा क्षेत्रमा गएर अनावश्यक तस्बिर नखिच्न पनि दूतावासले आग्रह गरेको छ। ‘नेपाल र भारतको अध्यागमन र सीमा कानुन कडाईका साथ पालना गर्नुहोस्। अनावश्यक तस्बिर नखिच्नुहोस्,’ दूतावासले भनेको छ।

नेपाली र भारतीय नागरिकहरू खुला सीमाका कारण बिना भिसा एकअर्काको मुलुकमा सहजै आवात जावत गर्नसक्ने तर चीनलगायत तेस्रो मुलुकका नागरिकहरूलाई त्यो सुविधा नभएको समेत चिनियाँ दूतावासले भनेको छ। चिनियाँ दूतावासले स्थानीय टुरिस्ट गाइडको समेत भरोसा नगर्न आग्रह गरेको छ।

भारत अवैध आप्रवासीहरूप्रति कठोर रहेको र सजायसमेत हुने भएकाले सचेत रहन आफ्ना नागरिकलाई दूतावासले आग्रह गरेको छ। अवैधरूपमा भारत प्रवेश गरे २ देखि ८ वर्षसम्म सजाय हुनसक्ने समेत दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो। भारत जान इच्छुकहरूले नेपालबाटै भिसा आवेदन दिनसक्ने दूतावासले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर