Sunday, July 19, 2026

“आतंवाद विरुद्धको लडाईंमा हाम्रो साथ र समर्थन छ” मेयर सिंह 

वीरगन्ज, २७ बैशाख। पर्साको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहले आतंवाद विरुद्धको लडाईंमा आफ्नो समर्थन जनाएका छन्।

समाजिक संजाल मार्फत जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको भर्त्सना गर्दै मेयर सिंहले जुनसुकै नाम वा स्वरुपको आतंवाद विरुद्धको लडाईंमा हाम्रो साथ र समर्थन रह्ने भन्दै समर्थन जनाएका हुन्।

समाजिक संजाल फेसबुकमा उनले,”भारतकाे पहलगाममा भएकाे आतंकवादी हमलाकाे घाेर भर्त्सना गर्दछौं । जुनसुकै नाम वा स्वरूपकाे आतंकवाद विरूद्दकाे लडाइँमा हाम्राे साथ र समर्थन छ । भगवान गाैतम बुद्धकाे देशबाट हामी क्षेत्रीय तथा विश्व शान्ति र अमनचयन कायम हाेस भन्ने चाहन्छौं ।” लेखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर