Wednesday, September 9, 2026

‘आतंकविरुद्धको लडाई मधेस भारतको साथमा छ, आज पनि भोली र सदैव’- मुख्यमन्त्री सिंह

Advertisement
Advertisement Advertisement

जनकपुरधाम, २७ बैशाख। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारत र पाकिस्तान विचको लडाईंमा भारतको समर्थन गर्दै आतंक विरुद्धको लडाईं सबै मधेसीको साझा लडाईं भएको बताएका छन्।

उनले फेसबुकमा लेख्छन्, ‘जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्—उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।

आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।

मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेका छन्। हाम्रो प्रदेशले पनि विगतमा अनेकौं पीडा र संघर्ष भोगेको छ, त्यसैले हामी भारतका आम जनताको पीडामा गहिरो आत्मीयता महसुस गर्छौं।

म मधेश प्रदेशको मुख्यमन्त्रीको हैसियतले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गर्दछु। भारतमाथि भएको आक्रमणप्रति हाम्रो धारणा स्पष्ट छ—आतङ्कवादको कुनै धर्म, जात, वा सिमाना हुँदैन। यस्तो कायरता मानवता विरुद्धको अपराध हो, र यसको प्रतिकार आवश्यक छ।

आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ। आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ।

मधेश भारतको साथमा छ—आज पनि, भोलि पनि, र सदैव।’

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर