Wednesday, July 22, 2026

बाराको एउटा विद्यालयका २२९ जना विद्यार्थीलाई ब्याग तथा खेलकूद समाग्री वितरण

कलैया, २७ बैशाख। बाराको प्रसौनी गाँउपालिका वडा नं ६ बेलहियामा एउटा संस्थाको सहयोगमा २२९ जना विद्यार्थीहरुलाई शुक्रबार ब्याग, शैक्षिक सामग्री तथा खेलकूद समाग्री वितरण गरिएको छ।

नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति लोकेश सिंहको पहलमा तथा सिएफआरडिको आर्थिक सहयोगमा ग्लोबल कोओपरेशन डेभलपमेन्ट संस्थाले बेलहियाको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बालबालिकाहरुलाई ब्याग तथा शैक्षिक सामग्री खेलकुद सामग्री वितरण गरेको हो ।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिकका गाँउपालिका अध्यक्ष विनोद पटेल, बिशेष अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेश राज भट्ट, नेपाली काँग्रेस का वडा सभापति गौरीशंकर साह, वडा सदस्य प्रमोद कुशवाहा, लालबाबु मण्डल, नन्दकिशोर यादव , सिकंदर साह कानु, नरेश साह कानू ,गुल्टेनी साहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर