Thursday, September 10, 2026

गौतमबुद्धको जन्मदिवसको अवसर पारेर भिस्वामा सरसफाई कार्यक्रम सम्पन्न

Advertisement
Advertisement Advertisement

वीरगन्ज, २८ बैशाख। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मदिवसको अवसर पारेर एलाइड युथ सोसाइटी वीरगन्जको आयोजनामा भिस्वामा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

गौतम स्कुलका सञ्चालक सोनम लामाले विशेष आतिथ्य ग्रहण गर्दै भगवान बुद्धको जीवन दर्शन, अहिंसा र विश्वशान्तिको सन्देशबारे मन्तव्य व्यक्त गरे। उनले शिक्षाको माध्यमबाट नै बुद्धका विचारहरूलाई पुस्तान्तर गर्न सकिने धारणा राखे।

सरसफाई कार्यक्रममा श्री श्री जंग गण पर्सा, सशस्त्र प्रहरी बल न. म. १३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र बिरगंज महानगरपालिकाको सहकार्य तथा गौतम विद्यालय र नेशनल इन्फोटेक विद्यालयको सहयोग रहेको थियो। भने कार्यक्रममा एलाइड युथ सोसाइटी बिरगंज पर्साका अध्यक्ष ओम झा, मधेश विश्व विद्यालयका उपकुलपति डा. दीपक शाक्य, नेपाली सेनाका श्रीकृष्ण थापा, एलाइड युथ सोसाइटीका सचिव सन्नी श्रीवास्तव, विविध सुरक्षा निकाय तथा शैक्षिक संस्थाहरुको सहभागिता रहेको थियो।

यस सरसफाई अभियानले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ समाज निर्माणमा युवाहरूको भूमिका झल्काएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर