Sunday, July 19, 2026

बारा र पर्साका ९०४ जना बालबालिकालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण

कलैया, २९ बैशाख। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ।

यस कार्यक्रम अन्तर्गत बाराका ५ र पर्साका १ गरी कुल ६ विद्यालयका ९०४ बालबालिकाहरुको लागि शैक्षिक सामग्री,हाइजेन कीट तथा स्टेशनरी सामग्री बितरण गरिएको छ। साथै बाराका ६ र पर्साका १ गरी कुल ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको हो ।

बाराको विश्रामपुर गाउँपालिका वडा नं ३ स्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुरमा १८१ बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र ५ सेट खेलकुदका सामाग्रीहरु, वडा नं ४ स्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वामा १३८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ५ सेट खेलकुद सामग्रीहरु, प्रसौनी गाउँपालिकाको वडा नं ६ स्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहियामा २२९ जना बालबालिकाहरुको लागि शैशिक सामग्रीहरु र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु, प्रसौनी कै श्री सरस्वती माध्यमिक बिद्यालयमा २१५ जना बालबालिकाहरुको लागि शैक्षिक सामग्री र ५ सेट खेलकुदका सामाग्रीहरु, पर्साको वीरगन्ज स्थित श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुलका १४१ जना छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु, सिम्रौनगढ नगरपालिका वडा नं ७ स्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानीलाई ६ सेट खेलकुद सामग्रीहरु र फेटा गाउँपालिका वडा नं १ स्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलको लागि ३ सेट खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो।

आईतबार बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रम का.बा.वडा अध्यक्ष लाल झरी देवीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, वडा सचिब,प्रधानाध्यापक आनन्द कुमार गुप्ता, शिक्षक राजु कुमार कर्ण, वडा सदस्य हरिचन्द्र साह, मक्सुद अन्सारी, शिक्षिका श्वेता सिंह, माया कुमारी उप्रेती लगायत शिक्षक शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै बिश्रामपुर ३ को बिद्यालयमा वडा अध्यक्ष श्री शिव चन्द्र प्रसाद यादब, बिब्यस अध्यक्ष शम्भु चौरासिया साथै समाजसेवी छोटेलाल प्रसाद पाल समेतको उपस्थितीमा सम्पन्न भयो। कार्यक्रमको ब्यबस्थापन युबा समाजसेवी लोकेश सिह र डा. धनन्जय यादबले गर्नुभएको थियो।

साथै चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरका प्रतिनिधि उत्तम कार्की समेतको उपस्थिती रहेको थियो ।चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली जनकारी दिनुभयो।

तस्वीरहरु हेर्नुहोस्

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर