Thursday, September 10, 2026

बाराको महेशपुरमा मन्त्री यादवद्वारा खानेपानी आयोजनाको शिलान्यास 

Advertisement
Advertisement Advertisement

कलैया, २९ बैशाख। बारा जिल्लाको कलैया उपमहानगरपालिका अन्तर्गत महेशपुरमा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले खानेपानी आयोजनाको शिलान्यास गरेका छन्। सोमबार आयोजना गरिएको एक भव्य समारोहका बीच महेशपुर खानेपानी आयोजनाको मन्त्री यादवले शिलान्यास गरेका हुन्।

शिलान्यास गर्दै मन्त्री यादवले कलैया उपमहानगरपालिकाका वडा नं. १५, २६ र २७ मा सञ्चालन हुने उक्त आयोजना त्यहाँका स्थानीय बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने दिशामा उठाइएको एक महत्वपूर्ण र ठोस कदम रहेको बताए।

उक्त आयोजनाबाट करिब १५ हजार भन्दा बढि जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको पनि उनले बताए। खानेपानी तथा सरसफाइ सेवाको सहज र दिगो पहुँच सुनिश्चित गर्न उक्त आयोजनाले मद्दत गर्ने उनको ठम्याइ छ।

शिलान्यास कार्यक्रममा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वाला कुमारी साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, पुर्व सांसद रामबाबु यादव, पुर्व प्रदेश सांसद पारस प्रसाद साह, जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र कुमार साह लगायत स्थानियहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर