Saturday, September 26, 2026

बाराको खपरतातामा खानेपानी प्रणालीको समुद्घाटन कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कलैया, २९ बैशाख। बाराको कलैया उपमहानगरपालिका वडा नं ८ स्थित खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालनको समुद्घाटन कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमका बीच नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी अब यो प्रणाली संस्थागत रूपमा सञ्चालनमा आएको हो। संघीय र प्रदेशको ३ करोडको बजेटमा बनेको उक्त खानेपानी आयोजनाको उद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले गरेका हुन्।

उद्घाटन कार्यक्रमको अध्यक्षता कलैया उपमहानगरपालिका वडा नं. ८ खपरताताका वडाध्यक्ष रंजीत चौरसियाले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम, लालदेव यादव, नेकपा माओवादी केन्द्र, कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, समाजवादी युवा संघ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डे लगायतकाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर