Thursday, September 10, 2026

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ कलेजद्वारा बिरामीहरुलाई फलफूल वितरण 

Advertisement
Advertisement Advertisement

वीरगन्ज, २९ बैशाख। प्रत्येक वर्ष मे १२ को दिन नर्सहरूको योगदानलाई सम्मान गर्न मनाइने २०५ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा वीरगन्ज नर्सिङ कलेजले बिरामीहरुलाई फलफूल वितरण तथा दीप प्रज्ज्वलन गरेर मनाएको छ।

कार्यक्रम अन्तर्गत नारायणी अस्पतालका प्रसूति वार्ड, सर्जिकल वार्ड, पि.आई.सि.यु. वार्ड तथा बच्चा वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। यस कार्यले बिरामीहरूमा आत्मबल र मनोबल बढाएको प्रतिक्रिया प्राप्त भएको छ।

उनीहरूले दीप प्रज्वलन कार्यक्रममार्फत नर्सिङ पेशाप्रति समर्पण, सेवा र करुणाको भावना अभिव्यक्त गरेका थिए। डा. कल्पना पौडेलले नर्सहरूको अतुलनीय सेवा र योगदानलाई सम्झँदै नर्सिङ पेशा केवल पेसा होइन, यो एक सेवाभाव र समर्पणको उदाहरण रहेको बताइन्। उनले सम्पूर्ण नर्सहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ समर्पणका साथ सेवामा लाग्न प्रेरणा प्रदान गरिन्।

कार्यक्रम वीरगन्ज नर्सिङ कलेजकी अध्यक्ष डा. कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास प्रमुख अतिथिको रूपमा सहभागी थिए। विशिष्ट अतिथिको रूपमा वडा नम्बर ४ का वडा अध्यक्ष जगदिश प्रसाद साह, साथै श्रुती शाह (ब.अ.न.प्र. नारायणी अस्पताल), हेमा थापा, राम नरेश कुशवाहा (उपाध्यक्ष, नारायणी अस्पताल), पाशुपति जयस्वाल (केन्द्रीय सदस्य, NAN), कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी (कोषाध्यक्ष), र रुबी शाह लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर