Sunday, July 19, 2026

सिमरा विमानस्थलको पूर्वाधार अभावले निजी विमानसेवा प्रभावित

कलैया, ३० बैशाख। सात दशकअघि सञ्चालनमा आएको सिमरा विमानस्थलको पूर्वाधारमा सुधार नहुँदा निजी विमान कम्पनीहरूले सिमरा–काठमाडौं हवाई सेवा बन्द गर्न थालेका छन्। भारतीय पर्यटकको आवागमन, औद्योगिक क्षेत्रको आवश्यकता र व्यावसायिक सहरको रूपमा रहेको सिमरामा चार निजी कम्पनीले उडान गर्दै आएका थिए। तर, यती, श्री र गुण एयरलाइन्सले छोटो रन–वेका कारण उडान बन्द गरेका छन्।

रन–वे छोटो हुँदा जोखिम र लागत बढ्यो

यती एयरलाइन्सका सिमरा प्रमुख दामोदर तिवारीका अनुसार, सिमरा विमानस्थलको रन–वे छोटो हुँदा एटिआर ७२ फुलफेजमा सञ्चालन गर्न करिब तीन सय मिटर अपुग छ। एकतर्फी उडान/अवतरण गर्नुपर्ने बाध्यताले हावाको जोखिम बढाउनुका साथै लागतसमेत उच्च भएका कारण सिमरा–काठमाडौं दैनिक दुई उडान र भारतीय पर्यटक लक्षित पर्वतीय उडान बन्द गर्नुपरेको तिवारीले बताए।

श्री एयरलाइन्सले पनि यस्तै समस्याको सामना गर्दै सिमराबाट सेवा बन्द गरेको छ। विमानस्थलको रन–वे ११ सय ९२ मिटर मात्र हुँदा ठूला विमानहरू पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने श्री एयरलाइन्सले जनाएको छ ।

विमानस्थलको पार्किङमा दुई विमान अटाउन नसक्ने, जीर्ण टर्मिनल भवन र पुरानो टावर बिल्डिङजस्ता पूर्वाधार समस्याका कारण बुद्ध एयरको एटिआर ४२ ले मात्र हाल सिमरा–काठमाडौं उडान भर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर