Wednesday, July 22, 2026

‘प्रादेशिक आपतकालीन गोदामघर’ प्रदेश सरकारलाई हस्तान्तरण

मोरङ, ३० बैशाख। कोशी प्रदेशको मोरङको विराटनगरमा रहेको ‘प्रादेशिक आपतकालीन गोदामघर’ कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। विराटनगरमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले उक्त गोदामघर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका हुन्।

सो अवसरमा गृहमन्त्री लेखकले प्रदेशस्तरमा मात्र नभएर पालिकास्तरसम्मै गोदामघर आवश्यक भएको उल्लेख गर्दै गोदामघर प्रदेशलाई हस्तान्तरण संघीयताको कार्यान्वयन पनि भएको बताए।

यस्तै मुख्यमन्त्री कार्कीले ‘आपतकालीन गोदामघर’को जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यप्रति संघीय सरकारलाई धन्यवाद दिंदै यसबाट कोशी प्रदेशमा विपद् जोखिम व्यवस्थापनमा सहज हुने धारणा राखे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले कोशीसहित चारवटा प्रदेशमा रहेका गोदामघर सम्बन्धित प्रदेशलाई हस्तान्तरण भइसकेको र बाँकी प्रदेशमा पनि छिट्टै हस्तान्तरण हुने जानकारी दिए।

आपतकालीन गोदामघरमा विपद्जन्य घटना भएमा खोज तथा उद्धारका लागि आवश्यक पर्ने एवं राहतका लागि उपयोग सामग्रीको भण्डारण तथा प्याकेजिङ गरिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर