Saturday, September 26, 2026

बारामा पौडेलद्वारा भोज सामग्री र बेहुला बेहुलीलाई पोशाक सहयोग 

Advertisement
Advertisement

बारा, ३१ बैशाख। बाराको बारागढी गाउँपालिका वडा नं ३ नायका टोलका एक आर्थिक अवस्था कमजोर परिवारलाई विवाहको अवसरमा प्रेस चौतारी नेपालका सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज अच्युत पौडेलले भोज सामग्री सहयोग गरेका छन्।

पौडेलले बारागढी गाउँपालिका वडा नं ३ निवासी रघुनाथ सहनी (भदई) को छोरीको विवाहमा भोज र पोशाकका सामग्री सहयोग गरेका हुन्। विवाह समारोहमा २५० जना पाहुनाले खान पुग्ने गरी भोज सामग्री तथा बेहुला–बेहुलीका लागि कपडा उपलब्ध गराएर उनले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

विवाह सामाजिक संस्कार मात्र नभई परिवारको प्रतिष्ठासँग जोडिएको विषय हो। विशेषगरी विपन्न परिवारका लागि छोरीको विवाह ठूलो आर्थिक बोझका रूपमा देखा पर्दछ। यस्तै अवस्थामा पौडेलको सहयोगले सहनी परिवारलाई मात्र नभई सम्पूर्ण स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

स्थानीय समाजसेवी, पत्रकार तथा सहभागीहरूले अच्युत पौडेलको सहयोगप्रति आभार व्यक्त गर्दै यसले अरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सहयोगका क्रममा पौडेलले भने, “समाजले दिएको ठाउँ र विश्वासको प्रत्युत्तर दिने माध्यम मान्छु म सामाजिक कार्यलाई। सहनी परिवारको खुसी मेरो व्यक्तिगत खुसी हो।”

उनको यस्तो क्रियाकलापले प्रेससँग आवद्ध व्यक्तिहरू सामाजिक क्षेत्रमा पनि सकृय रूपमा अग्रसर हुनुपर्ने आवश्यकतालाई पुष्टि गरेको छ। पौडेलको यो कार्य प्रेस चौतारी नेपालको सामाजिक संवेदनशीलता झल्काउने कदमको रूपमा लिइएको छ।

यस घटनाले देखाएको छ जब नेतृत्व सामाजिक जिम्मेवारीसँग जोडिन्छ, तब समाजमा परिवर्तन सम्भव हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर