Saturday, September 26, 2026

बाराको महागढीमाई र पर्साको पोखरिया नगरपालिकामा आगलागी 

Advertisement
Advertisement

कलैया, ०२ जेठ। बाराको महागढीमाई नगरपालिका र पर्साको पोखरिया नगरपालिकामा घरमा आगलागी भएको छ।

महागढीमाई नगरपालिका वडा नं ६ बबुआईनमा ६ वर्षिय बालकले खेल्ने क्रममा लाइटर बाल्दा गहुँको भुसबाट आगलागी हुदाँ २ वटा खसीको जलेर मृत्यु भएको छ भने ३१ हजारभन्दा बढीको क्षति भएको छ।

यस्तै पर्साको पोखरिया नगरपालिका वडा नं १० शिवबर्वा स्थित श्री बौधिमाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एक घरमा अचानक आगलागी हुदाँ कुर्सी, टेबुल जलेर ५० हजारभन्दा बढीको क्षति भएको छ।

बिहीबार भएको उक्त आगलागीलाई स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर