Friday, September 11, 2026

डिएसपी वाइबाले जितपुर महोत्सवमा किन खोसिन माईक?

Advertisement
Advertisement Advertisement

सिमरा, ०४ जेठ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ मा जारी व्यापारी तथा सांस्कृतिक महोत्सवमा हिजो राती भोजपुरी गायक सुनिल पण्डितसंग प्रहरीले माईक खोसेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल छ।

किन खोसियो माईक?

जिल्ला प्रशासन कार्यालय बाराले आयोजकलाई बिहान १० बजे देखि साँझ ६ बजेसम्म मात्र महोत्सव सञ्चालनको अनुमति दिएको थियो। तर पनि आयोजकले शनिबार राति ९ बजेपछि समेत टिकट बिक्री गरिरहेको थियो। भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शुभद्रालामा वाइबाले स्टेजमै चढेर माइक खोसेर कार्यक्रम बन्द गराएकी थिइन्।

आयोजकले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक संतोष तमाङसँग थप १ घण्टाको अनुमति लिएर साँझ ८ बजेसम्म कार्यक्रम सञ्चालन गर्ने भनेका थिए तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन। प्रहरीले भीडभाड र झगडाको सम्भावना देखेपछी शान्ति सुरक्षालाई प्राथमिकता दिँदै माइक खोस्दै कार्यक्रम रोकेको थियो। डिएसपी वाइबाले स्पिकरको तार निकालेर कार्यक्रम पूर्ण रूपमा बन्द गर्दै दर्शकहरुलाई घर जान आग्रह गरेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर