Saturday, September 26, 2026

प्रहरी नायब निरीक्षक खतिवडा बाराको उत्कृष्ट प्रहरी घोषित 

Advertisement
Advertisement

कलैया, ०६ जेठ । प्रहरी नायब निरीक्षक अर्जुनबाबु खतिवडालाई कार्य सम्पादनको दृष्टिकोणले बारामा बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ।

खतिवडालाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले उत्कृष्ट प्रहरी भन्दै प्रमाणपत्रमा हस्ताक्षर गरेका हुन्।

खतिवडालाई सो प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रदान गरेका हुन्। इलाका प्रहरी कार्यालय परवानीपुर बारा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा खतिवडा कार्यरत रहेका छन्।

खतिवडाले अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा रही निरन्तर रुपमा लगनशील भई व्यवसायिकता प्रदर्शन गर्दै आएको प्रमाणपत्रमा उल्लेख छ।

उनले बैशाख २० गते राति बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बतरा टोल स्थित कोल्बीबाट बतारातर्फ आउने सडकखण्डमा नन्दकिशोर मुखिया बिनले चलाएको प्रदेश २–०३–००१ त ४८७६ नं. को ट्रयाक्टरको ट्रेलरलाई जाँच गरेका हुन्।

सो ट्रयाक्टर मुनि फल्स बटम बनाई लुकाउ छिपाउ गरी मकवानपुरबाट बारातर्फ ल्याउदै गरेको २२५ के.जी. (दुई सय पच्चिस किलोग्राम) गाँजा सहित तीन जना मानिस पक्राउ गरी कानून बमोजिम अनुसन्धानको दायरामा ल्याई लागुऔषध नियन्त्रणमा योगदान उनले पुर्‍याएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराको अपराध नियन्त्रण तथा अनुसन्धान शाखालाई पिल्लर पद्धतिमा कार्य सञ्चालन गर्ने गरीको सुविधासम्पन्न कार्य वातावरण तयारका लागि विभिन्न समन्वयकारी निकायसँग समन्वय र उत्कृष्ट व्यवस्थापकीय कार्यक्षमता प्रदर्शन गर्दै शाखा व्यवस्थापन र अभिलेख प्रणाली विकासमा अहम भूमिका उनले निर्वाह गरेका हुन्।

आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले निर्वाह गरी विभागीय नीति निर्देशनलाई सर्वोपरी आत्मसाथ गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले निजले सम्पादन गरेको उत्कृष्ट कार्यको कदर स्वरूप खतिवडालाई पुरस्कृत गरिएको हो।

खतिवडालाई “बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर