Friday, July 24, 2026

बारा : राष्ट्रिय परिचयपत्रको लागि मंगलवारदेखि थप सेवा प्रवाह

कलैया, ०६ जेठ । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरणको लागि मंगलबार देखि थप सेवा प्रवाह शुरु गरेको छ।

विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप सेवा प्रवाह गरिएको हो।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० सम्म कायम रहनेछ।

राष्ट्रिय परियचपत्रको कार्ड वितरण सम्बन्धी कार्य प्रत्येक हप्ताको बिहीबार र शुक्रबार मात्र सेवा प्रवाह हुने बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर