Friday, July 24, 2026

ठुलो मात्रामा लागुऔषध गाँजा सहित एकजना पक्राउ 

मलंगवा, ०७ जेठ। सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले ठुलो मात्रामा अबैध लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १४ स्थित पत्थरकोट तर्फ भारतिय नम्बर प्लेटको सवारीसाधनमा प्रतिवन्धित लागू औषध गाजाको ओसारपसार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोलिले ११२ किलो ७८० ग्राम अबैध लागुऔषध सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा त्यहीका ४२ वर्षिय सोम बहादुर तमाङ रहेका छन्। उनले बिआर ३२ एएन ०८१७ नम्बरको भारतिय पल्सर मोटरसाईकल र लु ३३ प ३८९४ सेतो स्कारपियोमा २१ पोकामा ११२ किलो ७८० ग्राम लागुऔषध लैजाँदै थिए।

उनलाई लागुऔषध सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ९ दिन को म्याद लिई थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर