Friday, June 5, 2026

सडक दुर्घटनामा मृत्यु भएका रामका परिवारलाई सुवर्ण गाउँपालिका द्वारा किरिया खर्च

spot_img

कलैया,१३ जेठ । सडक दुर्घटनामा मृत्यु भएका बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ रामटोल सोलखपुरका १३ बर्षिय किशोर छोटेलाल कुमार रामको परिवारलाई सुवर्ण गाउँपालिकाले किरिया खर्च बापतको रकम प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले सोमबार मृतक रामका बुवा राजेन्द्र रामलाई चेक मार्फत २५ हजार रुपैयाँ प्रदान गरेका हुन्।

गाउँपालिकाको बोर्ड बैठकले नगद ९९ हजार रुपैया पीडित परिवारलाई सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन्।

नेपाल राष्ट्रिय माध्यमिक विधालय कवही गोठबाट गत जेठ ८ बिहीबार बिहान ११ बजे पढेर घर फर्किने क्रममा रामलाई बरियारपुरबाट कवही गोढतर्फ तिब्र गतिमा आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा बिहीबार राती मृत्यु भएको थियो ।

रामलाई घाइते अवस्थामा छाडी मोटरसाइकल चालक मोटरसाइकलसहित फरार भएका थिए । ठक्कर दिने मोटरसाइकल र चालकको खोजतलास भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर