Saturday, September 26, 2026

पर्सामा ३० किलो अबैध लागुऔषध गाँजा बरामद

Advertisement
Advertisement

वीरगन्ज, १९ जेठ। पर्सा प्रहरीले जगरनाथपुरबाट ३० किलो अबैध लागुऔषध गाँजा बरामद गरेको छ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं १ टाडी स्थित नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकलमा सवार चालकले प्रहरीलाई देखि मोटरसाइकल त्यही छोडेर फरार भएको थिए।

प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादव र तालुक इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी हवलदार अनिरुद्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले ३० किलो गाँजा बरामद गरेको थियो।

बरामद भएको गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको तथा चालकको खोजतलास भईरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

 

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर