Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

#baraupdate #nepalpolice
01:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
Video thumbnail
बाराका प्रहरी प्रमुख सन्तोष तामाङ्ग
09:23
Video thumbnail
घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा | Bara Update | VIDEO |
01:06
Video thumbnail
गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने #baraupdate #news #ytshorts
00:44
Video thumbnail
आरजु राणालाई ज्ञानेन्द्र शाहीको पत्र
03:10
Video thumbnail
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
01:05
Video thumbnail
बारामा २४० किलो लागु औषध गाजाँ सहित २ जना पक्राउ | Bara Police | Bara Update |
01:47
Video thumbnail
प्रधानमन्त्री प्रचण्ड मोदीको सपथ समारोहमा भारत जाने
01:02
Video thumbnail
अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो : ज्ञानेन्द्र शाही
03:57
Video thumbnail
मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक
03:17
प्रतिक्रिया लेख्नुहोस्
30.4 C
Kalaiya
Friday, June 27, 2025

spot_img

फरक-फरक सवारी दुर्घटनामा परि एकैदिन ३ जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

सर्लाही, २१ जेठ। सर्लाहीमा फरक-फरक सवारी दुर्घटनामा परि एकैदिन ३ जनाको मृत्यु भएको छ। बरहथवा: सर्लाहीको बरहथवा नगरपालिका वडा नं १७ को वडा कार्यालय नजिक कटानीबाट कडरिया टोल जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको दाहिने पट्टी खस्दा एकजनाको मृत्यु भएको छ।

Advertisement
Advertisement

मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं ४ बस्ने कैलाश रायको ३५ वर्षिय छोरा घनश्याम राय रहेका छन्। दुर्घटनामा परि गम्भीर घाइते भएका रायको उपचारको क्रममा मंगलबार बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा मृत्यु भएको हो।

Advertisement

ईश्वरपुर: सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ५ फुलजोर चौकमा लालबन्दीबाट पुर्वतर्फ जादै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाइवे तर्फ जादै गरेको बिआर ०१ एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका वडा नं ६ घर भै सशस्त्र प्रहरी जवान मिन बहादुर दानी रहेका छन्। दानी सर्लाहीको मलंगवा नगरपालिका वडा नं ३ बस्ने मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएका थिए। उनको मृत्यु पनि बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार भएको थियो।

बागमती: सर्लाहीको बागमती नगरपालिका वडा नं ८ स्थित बरहथवाबाट सोल्टी तर्फ जादै गरेको ना २ त २८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकजनाको बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्यहिका सागर बिष्टको ४ वर्षिय छोरी प्रनिशा बिष्ट रहेकी छन्। ठक्कर पश्चात घाटी, शरिरमा गम्भीर चोटपटक लागी घाइते भएकाई प्रनिशाको वीरगन्ज स्थित बयोधा अस्पतालमा मंगलबार मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो।

यी सबै दुर्घटना गराउने गाडीहरु र टिपर तथा ट्याक्टर चालकहरु प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर

Close