Friday, June 5, 2026

हिंसात्मक घटनामा संलग्नलाई कारवाही गर्न रास्वपा बाराको माग

spot_img

कलैया, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी बाराले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ। रास्वपा बाराका सभापति चन्दन स्वर्णकारले बिहीबार प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।

कुनै पनि नेपाली नागरिकको एकथोपा रगत पनि नबगाई शान्तिपुर्ण तवरबाट संविधान बमोजिम निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि अवस्थामा हिंसा, लुटपाट एवम् आगजनी लगायतका कुनै पनि अपराधिक एवम् ध्वंसात्मक कार्यलाई किमार्थ स्वीकार गर्दैन विज्ञप्तिमा स्वर्णकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  कुनैपनि आन्दोलनको बहानामा हिंसात्मक वा ध्वंसात्मक गतिविधि, लुटपाट एवम् आगजनी हुनु राम्रो नभएको रास्वपा बाराले जनाएको छ।

यस्ता अपराधिक गतिविधिको सिकारु भएका सम्पूर्णको पक्षमा सहानुभूति र साथ रहेको विज्ञप्तिमा जनाइएको छ।  भाद्र २३ गतेको नरसंहार र २४ गतेको तोडफोड,लुटपाट एवम् आगजनी दुबै घटना आमनेपाली जनसमुदायको लागि निकै पिडादायी र नमिठो स्मरणको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ।

उक्त दुबै घटनामा संलग्न जो कोहीलाई तथ्य प्रमाणको आधारमा कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ भन्ने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी बारा सुरुदेखि नै रहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ। त्यसैले भाद्र २४ गतेको घटना पश्चात् राजनीतिक प्रतिशोधको लागि निरन्तर रुपमा मिथ्या आरोप,शंका वा राजनीतिक लाभहानीको बलमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उक्त घटनासँग जोडेर बदनाम गराउने कार्य भएको प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा लेखिएको छ। यसअगाडि पनि सम्बन्धित सरकारी संयन्त्रलाई भाद्र २३ र २४ को घटनासँग सम्बन्धित तथ्य र प्रमाणको आधारमा हुने अनुसन्धान, जाँचबुझ एवम् कानुनी प्रक्रियामा पुर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरिसकेको विज्ञप्तिमा स्मरण गराइएको छ।

सुरुवात देखि नै संस्थागत रुपमा यस्ता घटनामा समर्थन र सहभागिता नरहेको तथा व्यक्तिगत रूपमा रास्वपाका कुनै सदस्य त्यस्ता कार्यमा संलग्न रहेको पाइएमा आवश्यक कारबाहीका लागि सहजीकरण गर्ने समेत सम्बन्धित सम्पूर्णमा विज्ञप्तिमा जानकारी गराइएको छ। छानविन समितिले समेत भाद्र २४ को अपराधिक घटनामा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जानकारी गराएको अवस्थामा सम्बन्धित पक्षले यसमा आवश्यक तदारुकता समेत देखाउनु पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी बारा स्पष्ट रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर