Saturday, October 3, 2026

नक्कली लेबल राखी गुणस्तरहीन खाद्यान्न बेच्ने बाराका एकसहित दुई जना पक्राउ

Advertisement
Advertisement

बारा, १७ असोज । बाराको प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको चन्द्रागिरि-१५ तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्साका ४९ वर्षीय अखिलेश प्रसाद कलवार म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति र नक्कली ब्रान्डको लेबल लगाई बिक्री-वितरण गरेको आरोपमा पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा म्याद सकिएका खाद्यान्नमा नयाँ मिति राखेर बजारमा पठाइँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले मंगलबार अनुगमन गरेको थियो।

सोही क्रममा म्याद गुज्रिएका तथा मिति उल्लेख नगरिएका सामग्रीमा पुन: लेबलिङ गरिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट म्याद गुज्रिएका काजु, पेस्ता, बदाम (एल्मण्ड), कालो भटमास, मकै, हरियो केराउ लगायतका खाद्यान्न बरामद गरेको छ। साथै, पुन: मिति छाप्ने मेसिन, बोरा सिलाउने मेसिन, नक्कली स्टिकरहरू, ल्यापटप र प्रिन्टर समेत जफत गरी प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर