Friday, October 2, 2026

पर्सामा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे विद्यार्थीको आवाज

Advertisement
Advertisement

पर्सा, १६ असोज। पर्साको धोविनी र जगरनाथपुर गाउँपालिकामा ‘समावेशी शिक्षा र सुरक्षित विद्यालय’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीमा समावेशी शिक्षा, बालअधिकार र सुरक्षित विद्यालयबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विद्यार्थीहरूले विद्यालयमा हुने विभेद अन्त्य, समान सहभागिता, बालमैत्री वातावरण र सबै बालबालिकाका लागि समान शिक्षाको अवसर हुनुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए।

अकाउन्टेबिलिटी ल्याब नेपालको सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा सहकार्यमा धोविनी गाउँपालिकास्थित श्री अजिज मियाँ माध्यमिक विद्यालय र जगरनाथपुर गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीमा प्रतियोगिता आयोजना गरिएको थियो।

धोविनी गाउँपालिकामा भएको प्रतियोगितामा रामशरण पटेल प्रथम, अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भएका छन्। कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी करिब १२० जनाको सहभागिता रहेको थियो।

त्यस्तै, जगरनाथपुर गाउँपालिकामा भएको प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी काजल कुमारी प्रथम, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीका राजकुमार साह द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीकी सेस्नी कुमारी तृतीय भएका छन्। नौसाद आलम र अञ्जली कुमारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

जगरनाथपुरमा आयोजित कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी करिब १३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा विद्यार्थीहरूले विद्यालय सुरक्षित हुनु भनेको भवन र भौतिक संरचना मात्र सुरक्षित हुनु नभई बालबालिकाले डर, हिंसा र भेदभावबिना पढ्न पाउने वातावरण निर्माण हुनु पनि रहेको बताएका थिए।

बालबालिकाको अधिकार र सुरक्षित वातावरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको सहभागी विद्यार्थीहरूले बताएका छन्।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्ना विचार सार्वजनिक रूपमा राख्ने अवसर दिनुका साथै समावेशी शिक्षा, बालअधिकार र सुरक्षित विद्यालयबारे समुदायमा समेत सचेतना बढाउन सहयोग पुर्‍याउनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर