Sunday, October 4, 2026

आज देखि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

Advertisement
Advertisement

बारा, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा हुने भएको छ।

असोज २२ गतेसम्म सञ्चालन हुने यस महाधिवेशनमा देशभरका विभिन्न जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी भइरहेका छन्।

उद्घाटन सत्र र बन्दसत्रका लागि राजधानी आउने प्रतिनिधि तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति र सम्भावित सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीको समन्वयमा विशेष पार्किङ व्यवस्थापन मिलाइएको छ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान-वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलाई मुख्य पार्किङ स्थलका रूपमा तोकिएको छ।

यसका साथै पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि सवारीसाधन पार्किङ गराउन ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको छ, जसले गर्दा उपत्यकाको समग्र यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर