Sunday, October 4, 2026

सशस्त्र प्रहरीद्वारा अवैध सामान र सवारीसाधन बरामद

Advertisement
Advertisement

बारा, १८ असोज । सशस्त्र प्रहरी बलले वीरगञ्जका विभिन्न नाकाबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका ठूलो परिमाणका सामान तथा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ५१ हजार ८२० बराबरको कपडा बरामद भएको छ । मोटरसाइकल र ती कपडा पनि सोही कार्यालयमा बुझाइएको छ ।

सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट रु एक लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी र टाँगा, घोडा पनि नियन्त्रणमा दिएर सोही कार्यालयमा बुझाएको छ ।

यसैगरी, आजै भन्सार छलि गरी ल्याइएका एक लाख ७३ हजार ७१० बराबरको कपडा, हार्डवेयरका सामान, भारतबाट अवैध रुपमा चार जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको तीन लाख बराबरको विभिन्न किसिमको कपडा, ६० लाख बराबरको एसी, चार लाख २७ हजार ३८० बराबरको विभिन्न औषधि बरामद भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर