30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

विश्वको सबैभन्दा अग्लो रेलवे पुलको मोदीद्वारा उद्घाटन

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, २३ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरमा विश्वको सबैभन्दा अग्लो रेलवे पुल चिनाब पुलको उद्घाटन गरेका छन् ।

Advertisement
Advertisement

२० वर्ष लगाएर बनेको विश्वको सबैभन्दा अग्लो रेलवे पुल चिनाब नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।

Advertisement

उक्त पुललाई नयाँ दिल्लीले ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भनेको छ । भने गिनिज वर्ल्ड रेकर्डले यो पुलले चीनको नजीहे रेलवे पुललाई उछिनेको पुष्टि गरेको छ ।

उक्त पुल २७२ किलोमिटर (१६९ माइल) लामो उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित, ‘क्षेत्रीय गतिशीलता रूपान्तरण र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिन बनाइएको छ ।

यो पुलले मानिस, सामान र सेनाको आवागमन सहज बनाउनेछ, जुन पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो । यो रेलवे लाइनले हिन्दू बहुल जम्मूको कटरा सहर र मुस्लिम बहुल कश्मीरको श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टामा पुर्‍याउने अपेक्षा छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर