Thursday, July 23, 2026

कलैया अदालत नजिकै सवारी दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते

कलैया, २६ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं ४ अदालत नजिकै सवारी दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते भएका छन्।

आज बिहान करिब १० बजेतिर कलैया बाट गंजभवानिपुर तर्फ जादै गरेको प्र.२-०३०१२८ प ९४५० नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको ना.५ प ६२९४ नं.को मोटरसाइकलले ठक्कर दिदाँ ४ जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नं १८ बस्ने ४२ वर्षिय जिउ हुसेन, मोटरसाइकलको पछाडी सवार उनको श्रीमती ३५ वर्षिय सहारुन खातुन, उनको छोरी ४ वर्षिय सदमा खातुन र ६ वर्षिय नगमा खातुन रहेकी छन्।

घाइते मध्ये हुसेनलाई केही भएको छैन भने श्रीमती सहित छोरीहरुलाई टाउको, हात, खुट्टा, निधार, पेट र शरीरको भित्री भागमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

घाइतेहरुको उपचार कलैया स्थित प्रादेशिक अस्पताल कलैयामा भईरहेको छ । यस्तै प्र. २-०३०१२८ प ९४५० नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नं २६ बस्ने २५ वर्षिय काशी प्रसाद यादव उपचार गराइरहेका छन्।

दुबै मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बस पार्कको नियन्त्रणमा छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर