30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

कलैया अदालत नजिकै सवारी दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २६ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं ४ अदालत नजिकै सवारी दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते भएका छन्।

Advertisement
Advertisement

आज बिहान करिब १० बजेतिर कलैया बाट गंजभवानिपुर तर्फ जादै गरेको प्र.२-०३०१२८ प ९४५० नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको ना.५ प ६२९४ नं.को मोटरसाइकलले ठक्कर दिदाँ ४ जना घाइते भएका हुन्।

Advertisement

घाइते हुनेमा मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नं १८ बस्ने ४२ वर्षिय जिउ हुसेन, मोटरसाइकलको पछाडी सवार उनको श्रीमती ३५ वर्षिय सहारुन खातुन, उनको छोरी ४ वर्षिय सदमा खातुन र ६ वर्षिय नगमा खातुन रहेकी छन्।

घाइते मध्ये हुसेनलाई केही भएको छैन भने श्रीमती सहित छोरीहरुलाई टाउको, हात, खुट्टा, निधार, पेट र शरीरको भित्री भागमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

घाइतेहरुको उपचार कलैया स्थित प्रादेशिक अस्पताल कलैयामा भईरहेको छ । यस्तै प्र. २-०३०१२८ प ९४५० नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नं २६ बस्ने २५ वर्षिय काशी प्रसाद यादव उपचार गराइरहेका छन्।

दुबै मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बस पार्कको नियन्त्रणमा छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर