Sunday, September 27, 2026

वीरगन्जको छपकैया स्थित एउटा विद्यालयका एक शिक्षकमाथि अख्तियारमा आरोपपत्र दायर

Advertisement
Advertisement

वीरगन्ज, २६ जेठ। पर्साको वीरगन्ज महानगरपालिका वडा नं १ बजार छपकैया स्थित श्री रामदेवी तिवारी आधारभूत विद्यालयका एकजना शिक्षक माथि अख्तियारमा आरोपपत्र दायर भएको छ।

विद्यालयको निम्न माध्यमिक तहमा कार्यरत अंग्रेजी शिक्षक चन्देश कुमार चौहानले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि अनुसन्धानको क्रममा चौहानले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको हो।

चौहान वि.स २०६० साल साउन ८ गते निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति लिएका थिए भने द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रायोजनको लागि भारतको मगध विश्वविद्यालय बोध गायाको बिए (स्नातक तह) उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए।

चौहानले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर २०७० साल साउन ८ गते निम्न माध्यमिक विद्यालय द्वितीय श्रेणीमा पदोन्नति भई लाभ, ओहदा र सुविधा प्राप्त गरेको पुष्टि भएपछि निज माथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर